सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
तनहुँ - पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास -२ घाँसीकुवामा शनिबार दिउँसो बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा रहेका दुई जनाको ज्यान गएको छ ।
पोखराबाट सुनौलीतर्फ जाँदै गरेको ग १ ख ४७८० नम्बरको बस र डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ३९ प ९५३८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा ज्यान गुमाउनेमा पर्साका १६ वर्षीय सुरज परियार र गोरखा नपा १४ बस्ने माधव दरै रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक सिद्धि बिक्रम शाहले जानकारी दिनुभयाे ।
मोटरसाइकल चालक दरैको दमौली अस्पतालमा र परियारको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । घटनास्थल सदरमुकाम दमौलीबाट ४ किमी पूर्वमा रहेको छ ।