भ्रष्टाचारमा मुछिएकालाई तत्काल कारबाही गर्न विवेकशील साझाको माग

 फागुन १४, २०७५ मंगलबार १३:२१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विवेकशील साझा पार्टीले भ्रष्टाचारमा मुछिएकाहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ । 

विवेकशील साझा पार्टीकी प्रदेश नम्बर ३ की संयोजक समीक्षा बास्कोटा नेतृत्वको टोलीले मंगलबार टंगालमा रहेको आयोगको कार्यालयमा पुगी अरबौंको भ्रष्टाचारमा मुछिएकाहरुलाई राजनीतिक प्रभावमा नपरी स्वतन्त्र र निष्पक्षले ढंगले अनुसन्धान गरी तत्काल कारबाहीको दायरामा ल्याउन ध्यानाकर्षण पत्र बुझाएको हो । 

आयोगका प्रवक्ता रामेश्वर दंगाललाई बुझाइएको ध्यानाकर्षण पत्रमा आर्थिक अनियमितता र पदीय दुरुपयोगको घटनाको अनुसन्धानलाई थप सशक्त र प्रभावकारी बनाउन पनि आयोगसँग माग गरिएको छ । भ्रष्टाचारमा मुछिएकाहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन अयोगको ध्यानाकर्षण गराउँदै ध्यानाकर्षण पत्र बुझाइएको विवेकशील साझा पार्टी, काठमाण्डौ जिल्ला कार्य समितिका नेता चोकराज घिमिरेले जानकारी दिनभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेका विवेकशील साझा पार्टीका नेता कार्यकर्ताहरुले ‘चर्को स्वरमा बोलौँ, भ्रष्टाचारीको पोल खोलौँ’, ‘भ्रष्टाचारी जेल परून्’ लगायतका प्लेकार्ड पनि प्रर्दशन गरेका थिए ।

विवेकशील साझा पार्टीले वाइडबडी जहाज खरिद प्रकरण, ३३ किलो सुन तस्करी, एनसेल प्रालिको लाभांश कर, नेपाल आयल निगमको जग्गा खरिद प्र्रक्रियामा अरबौँको भ्रष्टाचार भएको उल्लेख गर्दै त्यसलाई तत्काल कारबाहीको दायरामा ल्याउन आयोगलाई दबाब दिँदै आएको छ ।

नेता घिमिरले भ्रष्टाचार अन्त्य गर्न आयोगको अनुसन्धानको काममा आफ्नो पार्टीले आवश्यक साथ र सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया