माईभ्याली गोल्डकपमा भाग लिने खेलाडीका दुर्घटना बीमा हुने

 फागुन १४, २०७५ मंगलबार १८:१३:२ | सुजता सुनुवार
unn.prixa.net

इलाम – आउँदो फागुन २६ गतेबाट इलाममा सञ्चालन हुने पाँचौ अन्तर्राष्ट्रिय माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताका खेलाडीहरुको दुर्घटना बीमा हुने भएको छ ।

इलाम नगरपालिकाको खेलमैदान ठूलो टुँडिखेलमा हुने प्रतियोगितामा सहभागी हुने १० वटा टिमकै खेलाडीहरुको बीमा हुने भएको हो । 

खेलमा सहभागी भएका खेलाडी, आयोजक संस्था माईभ्याली फुटबल क्लबका ३० र स्वयमसेवक ३० जनालाई खेल सञ्चालन अवधिभर नगद पाँच लाख रुपैयँको दरले आईएमई जनरल इन्स्योरेन्सले बीमा गर्ने भएको माईभ्याली फुटबल क्लब इलामका अध्यक्ष धिरेन चेम्जोङ्गले जानकारी दिनुभयो । आईएमईका वरिष्ठ प्रबन्धक शिवप्रसाद लामिछानेले क्लबलाई पत्र पठाई त्यसबारे जानकारी दिएको अध्यक्ष चेम्जोङ्गले बताउनुभयो ।

प्रतियोगितामा सहभागी हुने अन्तर्राष्ट्रिय फुटबल टिम क्यामरुन, हङकङ, दार्जीलिङलगायत र नेपालका ७ वटा क्लबका २५-२५ जना खेलाडी तथा अफिसियल कर्मचारीहरुको नेपालको सीमाभित्र हुने सामूहिक दुर्घटना जोखिमको जिम्मा आईएमई जनरल इन्स्योरेन्सले लिने भएको इन्स्योरेन्स इलाम शाखाका प्रतिनिधि दिलिप पौडेलले जानकारी दिनु भएको छ । 

उहाँले भन्नुभयो, ‘यस्ता घटनामा परि कसैको मृत्यु भए नगद पाँच लाख रकम नै उपलब्ध गराउने र घाइते मात्र भए औषधि उपचार खर्च उपलब्ध गराउने जिम्मा इन्स्योरेन्सले लिने छ ।’  यो कार्य क्लबलाई सहयोग स्वरुप गरिएको बताइएको छ  । यस्तो बीमा नेपालमा नै पहिलो भएको जनाइएको छ । 


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया