इंग्लिस प्रिमियर लिगको उपाधि यात्रामा रहेका लिभरपुल र म्यानचेस्टर सिटीको जित

 फागुन १६, २०७५ बिहिबार ७:२२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगको उपाधिको होडमा रहेका लिभरपुल र म्यानचेस्टर सिटी बुधबार राति आफ्नो–आफ्नो खेलमा विजयी भएका छन् । लिभरपुलले वाटफोर्डमाथि ५ शून्यको जित निकाल्यो भने सिटीले वेष्टहामलाई एक शून्यले पराजित गर्‍याे ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलको जितमा साडीयो माने र भान डिज्कले दुई–दुई गोल गरे । खेलको नौ मिनेटमा नै मानेको गोलमार्फत अग्रता बनाएको लिभरपुलले २० औं मिनेटमा फेरि मानेको गोल मार्फत नै अन्तर दुई शून्यमा पुर्‍यायो । 

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको लिभरपुललाई ६६ औं मिनेटमा ओरीगीले तीन शून्यले अगाडि बढाए । त्यसपछि ७९ र ८२ औं मिनेटमा भान डिज्कले गोल गर्दै पाँच शून्यको जित दिलाए । 

अर्को खेलमा म्यानचेस्टर सिटीले वेष्टहाम माथि एक शून्यको कठिन जित निकाल्यो । उसको जितमा सर्जियो अगुइरोले एक गोल गरे । त्यो पनि उनले पेनाल्टीमा गरेका थिए । यो खेलपछि लिभरपुलको ६९ अंक भएको छ भने सिटीको ६८ अंक छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया