सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
दोलखा – खरिढुङ्गा क्षेत्रमा भारी हिमपात भएपछि लामोसाँघु–जिरी सडकखण्ड अवरुद्ध भएको छ ।
भीमेश्वर नगरपालिका वडा नम्बर–९, खरिढुङ्गा आसपासमा भारी हिमपात भएपछि यो सडकखण्ड बिहीबार बिहानैदेखि अवरुद्ध बनेको हो ।
बिहान चरिकोटबाट काठमाण्डौका लागि छुटेको पहिलो यात्रुवाहक बस भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचबाट फर्किएपछि यो सडकखण्ड असुरक्षित रहेको भन्दै बन्द गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
चरिकोटबाट काठमाण्डौका लागि छुट्ने सम्पूर्ण सवारी साधन पुष्पलाल राजमार्ग हुदै बीपी राजमार्गमार्फत गइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज चन्द्रमान तामाङले जानकारी दिनुभयो । खरिढुङ्गा क्षेत्रमा अझै डेढ फीट हिउँ रहेकाले तत्कालै सडक सञ्चालन हुने अवस्था नरहेको जनाएको छ ।
बुधबारदेखि नै जिल्लाको उच्च भेगमा हिमपात भएपछि दोलखाका डाँडा सेताम्मे देखिएका छन् । वर्षौंपछि सदरमुकाम चरिकोटमा समेत आज बिहान सामान्य हिमपात भएको थियो ।
उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।