काठमाण्डाैमा हल्लेर बस्न चाहने कर्मचारीहरुले मात्रै समायोजन प्रक्रियाको विरोध गरे : मन्त्री पण्डित

 फागुन २२, २०७५ बुधबार १८:४२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले फागुन महिनाभित्र कर्मचारी समायोजनको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 

मन्त्री पण्डितले संघ, प्रदेश र स्थानीय तहमा ५५ हजार कर्मचारी समायोजनको काम सम्पन्न गरिएको पनि जानकारी दिनु भयो । बुधबार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले काठमाण्डाैमा हल्लेर बस्न चाहने कर्मचारीहरुले मात्रै समायोजन प्रक्रियाको विरोध गरेको दाबी पनि गर्नुभयो । मन्त्री पण्डितले कर्मचारी समायोजनको काम सकिनेबित्तिकै २० हजार नयाँ कर्मचारी भर्ना गर्ने घोषणा पनि गर्नुभयो ।

मन्त्री पण्डितले कर्मचारी समायोजनको काम नसकिएकाले नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु गर्न ढिलाइ हुन गएको पनि स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया