राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो

 फागुन २२, २०७५ बुधबार १९:४५:४२ | उज्यालो सहकर्मी

काठमाण्डाै - राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

राष्ट्रिय जनता पार्टी, नेपालको बुधबार अपरान्ह काठमाण्डाैमा बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । पार्टीका सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय दिने जिल्ला अदालत कैलालीको फैसलापछि सरकारमा नबस्ने निर्णय लिइएको पार्टीका नेता राजेन्द्र महतोले जानकारी दिनुभयो ।

बैठकले पार्टीका सांसद चौधरीलाई जन्मकैदको सजाय दिने जिल्ला अदालत कैलालीको फैसलाले पार्टीलाई स्तब्ध र मर्माहत बनाएको निष्कर्ष निकाल्दै त्यसविरुद्ध आन्दोलनमा आउन पनि सबै विचार मिल्ने अधिकारवादी एवं पहिचानवादी पार्टी, संगठन र समूहलाई आह्वान पनि गरेको छ ।

एक वर्ष बित्दा पनि आफूहरुसँग गरिएको सहमति अनुसार संविधान संशोधन समेत नगरेकाले  सरकारलाई दिएको समर्थन फिर्ता लिनु परेको पार्टीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया