सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
इलाम – बिहीबार बिर्तामोडबाट ताप्लेजुङ्गतर्फ जाँदै गरेको जीप इलाममा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर रहेको छ ।
इलाम नगरपालिका वडा नम्बर–४, सिम्लेमा सडक डिभिजन कार्यालय ताप्लेजुङको बा १ झ ९८९८ नम्बरको गाडी ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।
दुर्घटनामा परि ताप्लेजुङ्गका ७४ वर्षीया धनमाया लिम्बू र तेह्रथुमकी ५० वर्षीया जानुका योङ्गहाङ्गको अवस्था गम्भीर रहेको बताइएको छ । यस्तै ताप्लेजुङ्गका ४५ वर्षका पेम्बा शेर्पा, नुवाकोटका १८ वर्षीय जंग तामाङ, नुवाकोटकै २६ वर्षका गाडी चालक रितिक लामा घाइते भएका छन् ।
घाइतेमध्ये तीन जनाको इलाम अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका लिम्बू र योङ्गहाङ्गको इलाम अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि झापाको बी एण्ड सी अस्पताल लगिएको प्रहरी हवल्दार विजय राईले बताउनुभयो ।