महिला दिवसको अवसरमा पूर्व फुटबलर जमुना गुरुङ र फिफा एसिस्टेन्ट रेफ्री विना श्रेष्ठ सम्मानित

 फागुन २४, २०७५ शुक्रबार १०:१६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अखिल नेपाल फुटबल संघले पूर्व फुटबलर जमुना गुरुङ र फिफा एसिस्टेन्ट रेफ्री विना श्रेष्ठलाई सम्मान गरेको छ । 

राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान जमुना गुरुङलाई महिला फुटबलमा पुर्याएको योगदानको कदर गर्दै महिला दिवसको अवसरमा एन्फाले सम्मान गरेको हो । सन् १९९९ मा फुटबल करियर सुरु गरेकी जुमनाले २०१२ को साफ च्याम्पियनसिप पछि खेलाडी जीवनबाट सन्यास लिएकी थिइन् । उनले राष्ट्रिय टिमबाट २५ गोल गरेकी थिइन् । 

२०१० देखि २०१२ सम्म राष्ट्रिय टिमको कप्तानी गरेकी जमुना अहिले यू–१९ महिला टिमको ब्यवस्थापकका रुपमा सक्रिय रहेकी छिन् ।

यस्तै विना श्रेष्ठ नेपाली महिला रेफ्री हुन । २००७ देखि राष्ट्रिय स्तरमा रेफ्रीको भुमिका निभाइराखेकी विना २०१० बाट फिफा एसिस्टेन्ट रेफ्री का रुपमा सक्रिय छिन् । एएफसी एलिट एसिस्टेन्ट रेफ्रीसमेत रहेकी विना ओलम्पिक छनोट खेलाउने नेपालको पहिलो महिला रेफ्री हुन् ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया