मनाङमा हिम पहिरोमा पुरिएर दुई जनाको ज्यान गयो

 फागुन २५, २०७५ शनिबार ११:२७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

मनाङ – मनाङको निस्याङ गाउँपालिका–१, क्याङ्दीमा हिम पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । 

अन्नपूर्ण पदयात्रामा निस्किएका धादिङका अजय ढकाल र नेदरल्याण्डका भिनसेन्ट ब्लुमको हिम पहिरोमा पुरिएर ज्यान गएको हो । हिउँले पुरिएको अवस्थामा ढकालको शुक्रबार साँझ र ब्लुमको शनिबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । ढकाल ट्रेकिङ गाइड हुन् । 

पोस्टमर्टमका लागि दुवै जनाको शव हेलिकप्टरबाट काठमाण्डौ पठाएको प्रहरी निरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया