इंग्लिस प्रिमियर लिगमा टोटनह्यामकाे खराब प्रदर्शन, साउथह्याम्टनसँग २–१ ले पराजित

 फागुन २६, २०७५ आइतबार ६:५२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले लगातार खराब प्रदर्शन गरेको छ । अघिल्लो खेलमा आर्सनलसँग १–१ गोलको बराबरीमा अंक बाँढेको टोटनह्याम साउथह्याम्टनको मैदानमा २–१ ले पराजित भयो । 

आर्सनलको खेलअघि टोटनह्याम चेल्सी र बर्नलेसँग पनि पराजित भएको थियो । पछिल्लो चार खेलमा जितविहीन टोटनह्यामलाई ठूलो नोक्सान भएको छ । साउथह्याम्टनको मैदानमा भएको खेलमा टोटनह्यामलाई हराउनका लागि यान भालेरी र जेम्स वार्ड प्रोसले एक–एक गोल गरे । 

२६औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटनह्यामलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । तर ७६औं मिनेटमा भालेरी र ८१औं मिनेटमा वार्ड प्रोसले गोल गरेपछि टोटनह्याम पराजित हुन पुग्यो । 

टोटनह्याम ६१ अंकसहित तेस्रो स्थानमा छ भने साउथह्याम्टन ३० अंक बनाउँदै १६औं स्थानमा उक्लिएको छ ।


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया