पोखराको विजयपुर खोलाको पुल जोखिममा, मर्मत नगरे भाँचिन सक्ने

 फागुन २६, २०७५ आइतबार १९:१२:१८ | सुमन गुरुङ
unn.prixa.net

कास्की – पोखराको मुख्य प्रवेशद्धारका रुपमा रहेको विजयपुर खोलाको पुल जोखिमयुक्त बनेको छ । 

पुलको बेलैमा मर्मत सम्भार गरी समस्या समाधान नगर्ने हो भने पुल भाँचिने सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेलले बताउनुभयो । 
स्टील ब्रिज प्रक्रिया अनुसार निर्माण भएको पुलको स्टिल नै ठाउँ ठाउँमा चर्किने र भाँचिने भएपछि पुल खतरामा परेको हो । 

उहाँले पुलका पुर्जाहरु चर्किएको र भाँचिन लागेको बताउनुभयो । गएको शुक्रबार पुलका पुर्जा चर्किएको देखेपछि सोमबारबाट पुलको मर्मत सम्भार गर्न थालिएको उहाँको भनाइ छ । 

सवारी आवत जावतलाई नरोक्ने हो भने पुल भाँचिन सक्ने उहाँले बताउनुभयो । पोखरा २६ र पोखरा १४ जोड्ने पुलबाट दैनिक पोखरामा ६ हजारभन्दा बढि सवारी आवत जावत गर्ने गर्दछन् ।

पुल मर्मतको लागि विजयपुर खोलामा कल्भर्ट बनाइएको छ । पुलमाथि शून्य भार बनाएर काम गर्दा करिब १ महिना समय लाग्ने उहाँको भनाइ छ ।

नेपालमा पछिल्लो समयमा स्टील ब्रिज नै निर्माण हुँदै आएका छन् । २०५९ लाखमा निर्माण सुरु गरेर २०६४ सालमा पुल सञ्चालनमा आएको थियो । पुलको लम्बाइ ७४ दशमलव २ मिटर रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया