अस्ट्रेलियाविरुद्धको चौथो एक दिवसीय क्रिकेट: भारतले दियाे ३५९ रनको लक्ष्य

 फागुन २६, २०७५ आइतबार १८:५०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

अस्ट्रेलियाविरुद्धको चौथो एक दिवसीय क्रिकेटमा भारतले ३५९ रनको लक्ष्य दिएको छ ।

मोहालीमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ९ विकेट गुमाएर ३५८ रनको विशाल योगफल तयार पारेको हो । पहिलो विकेटका लागि शिखर धवन र रोहित शर्माले १९३ रनको साझेदारी गर्दै भारतलाई बलियो सुरवात दिलाएका थिए ।

३१ औं ओभरमा भारतका रोहित शर्मा ९५ रन बनाएर आउट भएपछि भारतले पहिलो विकेट गुमाएको थियो । त्यसपछि क्रिजमा आएका केएल राहुल र शिखर धवनले ६१ रनको साझेदारी गर्दै ३७.४ ओभरमा २५४ रन बनाएका बेला शिखर धवन व्यक्तिगत १४३ रन बनाएर आउट भएका थिए ।

त्यसपछि तेस्रो विकेटको रुपमा विराट कोहली ७ रन बनाएर आउट भए । २६ रन बनाएका केएल राहुल चौथो विकेटको रुपमा भारतको स्कोर २९६ रन भएका बेला आउट भएका थिए ।

पाँचौं विकेटको रुपमा आउट भएका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले २४ बलमा ३६ रन बनाए ।

यसैगरी केदार जाधव १० रन बनाएर छैटौं विकेटको रुपमा आउट भए भने विजय शंकर १५ बलमा २६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । अन्तिम बल फेस गर्न आएका जसप्रित बुमराहले छक्का प्रहार गर्दै टिमको स्कोर ३५८ रन पुर्याएका थिए ।

अस्ट्रेलियाका बलरले सुरवातमै भारतमाथि दबाब दिन नसके पनि प्याट कमिन्सले पाँच विकेट हात पारेका छन् । उनले शिखर धवन, ऋषभ पन्त, केदार जाधव, विजय शंकर र युजबेन्द्र चहलको विकेट लिएका हुन् ।

जे रिचर्डशनले ३ विकेट लिए । पाँच वटा एक दिवसीय खेलमा भारत २–१ ले अगाडि रहेको छ । आजको खेलमा भारत विजयी भए एक खेल अघि नै सिरिज जित्ने छ भने पराजित भए सिरिजको छिनोफानो अन्तिम खेलबाट हुनेछ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया