क्रिकेट रङ्गशाला निर्माणका लागि लमजुङ आमा समूहको ६ लाख ५५ हजार सहयोग

 फागुन २७, २०७५ सोमबार १७:४६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको बहुउद्देश्यीय ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि लमजुङ आमा समूह, यूकेले ६ लाख ५५ हजार ८ सय ५० रुपैयाँ सहयोग गरेको छ । 

सोमबार फाउण्डेशनको कार्यालयमा संस्थाका अध्यक्ष जुना गुरुङसहित अन्य पदाधिकारीहरुको उपस्थितिमा सहयोग रकम धुर्मुस–सुन्तलीलाई हस्तान्तरण गरिएको हो ।

यूकेमा गएको सेप्टेम्बर ८ मा आयोजना गरिएको ‘दोश्रो रमाइलो साँझ’ बाट संकलन भएको रकम आमा समूहले फाउण्डेशनलाई हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष गुरुङले धुर्मुस सुन्तलीसँग भेट्न पाउँदा खुसी लागेको बताउँदै फाउण्डेशनको कामबाट आफूहरु प्रभावित भएर सहयोग गर्ने भावना जागेको बताइन् । ‘उहाँहरुको कामबाट हामी निकै प्रभावित छौं’, अध्यक्ष गुरुङले भनिन्, ‘यूकेमा रहनुहुने सबै आमाहरुको सहयोगमा हामीले कार्यक्रम गरेर संकलन गरेको रकम उहाँहरुलाई दिन पाउँदा हामी निकै खुशी छौँ ।’ 

सहयोग हस्तान्तरणमा सहयोग लिँदै फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे‘सुन्तली’ ले सबैलाई धन्यवाद दिइन् । ‘यो सहयोग मात्रै होइन्, नारी एकता, नारी सशक्तता पनि हो जस्तो लाग्छ’ घिमिरेले भनिन्, ‘अर्काको देशमा बसेर आफ्नो देशलाई चिनाउन र कुनै पनि नारीलाई दुःख पर्दा सहयोग गर्ने लमजुङ आमा समूहको कामले म आफै पनि नारी भएको हिसाबले निकै खुशी छु ।’

देशकै गौरवको गरियोजना आफूहरुले आँट गरिरहँदा प्राप्त हुने सहयोग र सकारात्मक प्रतिक्रियाले आफुहरुलाई निकै ठूलो हौसला मिलेको बताउँदै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ले भने, ‘रङ्गशाला नितान्त यहाँहरुकै सहयोगमा निर्माण सफल हुने हो । सबै जना अभियन्ता बनेर सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।’
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया