सर्फ एक्सलको विज्ञापनलाई लिएर भारतमा व्यर्थै बखेडा !

 फागुन २८, २०७५ मंगलबार १७:३८:२१ | एजेन्सी
unn.prixa.net

सर्फ एक्सलले होलीको मौकामा नयाँ विज्ञापन बनायो । विज्ञापनको सन्देश थियो, सहिष्णुता र भाइचारा । दक्षिणपन्थीहरुले यो सबै देखिसहेनन् । उनीहरुले विज्ञापनमा लभ-जिहाद(मुस्लिम–हिन्दूबीचको प्रेम) देखे। फेरि उनीहरुले होलीमा मात्रै यस्तो विज्ञापन किन भन्दै प्रश्न गरे ? उनीहरुलाई के थाहा थिएन कि सर्फ एक्सलले रमजान र इदमा पनि यस्ताै विज्ञापन बनाइसकेको थियो ।

सबै बुझक्कडहरु सबै दक्षिणपन्थी लहरमा । जो सर्फ एक्सलको होलीको विज्ञापनबारे  लिएर कम्पनीलाई रमजान र इदमा पनि विज्ञापन बनाउनको लागि भनिरहेका छन् । यो लेख तिनीहरुकै लागि लेखिएको हो । यस लेखको अन्तिममा राखिएको भिडियो हेरेपछि अहिले गाली गर्ने उनीहरु आफैलाई ग्लानि हुनेछ । 

पर्दापछाडि विज्ञापनको कथा

कथा यो हो कि एक कम्पनी छ, सर्फ एक्सल । यसले डिटर्जेन्ट  पाउडर पनि बनाउँछ । वर्षौंदेखि 'दाग राम्रो छ' मन्ने ट्यागमा आफ्नो सामान बेच्दै आएको छ । यस लाइनको अर्थ हुन्छ, राम्रो काम गर्नको लागि  यदि कपडा फोहोर हुन्छ भने केको पर्वाह, तपाईंँ राम्रो गर्नुस दागलाई सर्फ एक्सलले धोइहाल्छ । 

यसै चरणमा कम्पनीले होलीको लागि भनेर एक अर्को विज्ञापन बनाएको छ । विज्ञापनमा एक गल्ली छ, घरहरुको बालकोनीबाट बच्चाहरु बाटोमा आउनेजानेलाई लोला हानिरहेका छन् । एक बालिका साइकलमा आउँछिन्, माथिबाट बच्चाहरुले रङ्गका गोला बर्साइरहेका हुन्छन् ।

एकछिनपछि सबै बच्चाहरुसँग भएको रङ्ग नै सकिन्छ । त्यसपछि ती बालिका एउटा घरको अगाडि आएर रोकिन्छिन् र कसैलाई बोलाउँदै भन्छिन्, ‘बाहिर आउ, सबै रङ सकिसक्यो ।’ अनि सेतो कुर्तामा सजिएका एक बालक बाहिर निस्किन्छन् । शिरमा रहेकाे टोपीले उनको संस्कार देखाएको छ, उनी मुसलमान हुन् । ती बालिका उनलाई आफ्नो साइकलमा बसाउँछिन् र अरु बालबालिकाहरु खुशी हुँदै घरको बालकोनीबाट उनीहरुलाई हेर्छन् । 

तिनीहरु साइकलमा मस्जिद जान्छन् । बालिका मस्जिदको अगाडि उभिन्छिन् र बालक मस्जिदको खुट्किला चढ्दै भन्छन्, ‘नमाज पढेर आउँछु ।’ बालिका मुस्कुराउँदै भन्छिन्, ‘फेरि रङ्ग लाग्नेछ ।’ बालक मुस्कुराउँदै मस्जिदभित्र प्रवेश गर्छन् ।

 

विज्ञापनमा के विवाद भएको थियो ?

कतिपयले यस विज्ञापनलाई लिएर गुनासो गरे । उनीहरुले यसलाई हिन्दू धर्ममाथिको प्रहार भएको, लभ-जिहादको प्रचार गरेको पनि भने । उनीहरुले हिन्दूको छोरी र मुसलमानको छोरा नै किन देखाइयाे भन्दै यो भिडियोकाेआलोचना गरे । यिनीहरु एक्सललाई बहिस्कार गर्नको लागि माग गरिरहेका छन् । सामाजिक सञ्जालमा यस विज्ञापनसँग सम्बन्धित सन्देशहरु भाइरल भइरहेका छन् ।

मानिसहरु कसरी सर्फ एक्सललाई बदनाम गर्ने भन्ने मौका ताकेर बसिरहेका छन् । यस्ता म्यासेजहरुमा कम्पनीले होलीमा मात्र किन यस्तो विज्ञापन बनायो, मुसलमानको पर्वमा किन बनाउँदैन यस्तो विज्ञापन भन्ने प्रश्नहरु पनि छन् ?

यस्तो प्रश्न गर्नेहरुको लागि सत्यता यस्तो छ । सर्फ एक्सलले रमजानमा पनि विज्ञापन बनाइसकेको छ । रमजानमा बनाइएका तीनवटा विज्ञापनहरु तल राखिएका छन् । प्रश्न गर्नेहरुले त यी भिडियो हेरेपछि पनि प्रश्न गर्न सक्छन्, रमजान र इदमा मात्रै किन मोहर्रममा यस्तो विज्ञापन किन नगरेको ? यसको जवाफ यो हुनेछ, होली, रमजान र इद खुशीका पर्व हुन भने माेहर्रम शोकको । 

माग्नेहरुको उपचार चाहिँ के ?

एउटा कहानी छ । एक आमाछोरीको जोडी थियो । दुइटै महान लडाकु थिए । कसैसँग झगडा नगर्नसम्म उनीहरुको खाएको खाना पनि पच्दैन थियो । उनीहरुको दिनदिनैको यस्तो तमासा देखेर गाउँलेहरु थाकिसकेका थिए । मानिसहरुले उनीहरुको झगडामा रमाउन छोडिदिए ।

उनीहरुसँग कोही पनि कुरा गर्न चाहँदैन थिए । त्यसपछि झगडा गर्ने कुरै भएन । एक दिन उनीहरुले फेरि झगडा गर्ने योजना बनाए । आमाले छोरीको दिमागमा कुरा भरेर छिमेकीको घरमा पठाइन् । त्यतिबेला बिजुली थिएन । कसैसँग सलाइ हुनु पनि धेरै ठूलो मानिन्थ्याे । मानिसहरु एकअर्कासँग आगो मागेर काम चलाउँथे । उनकी छोरीले छिमेकीको घरमा गएर पोल्टाे फिजाएर आगो माग्न थालिन् ।

छिमेकीहरुले अचम्म मान्दै भन्न थाले, ‘हामीहरुले अहिलेसम्म त यसरी आगो मागेको देखेको थिएनाैँ ।’ त्यसपछि त अरु के निहुँ चाहियो र दुइटै आमाछोरी सुरु भइहाले, 'तिमीहरु को हौ र, हामी जसरी मन लाग्यो त्यसरी नै आगो माग्छौँ, खुबै जान्ने भएका ।'  बिनाकारण धर्मको अपमान र धर्ममा हमला भन्दै कराउनेहरु पनि यही ड्याङमा पर्छन् ।

हेर्नुहाेस् सर्फ एक्सलका विभिन्न विज्ञापन 
 

 

 

-द लल्लनटप डट कमबाट

 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया