कलंकी–नागढुंगा सडक बन्द गरेर स्थानीय उत्रिए सडकमा

 फागुन २९, २०७५ बुधबार ९:४४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कलंकी–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ । धुलो धुवाँ बढेको भन्दै स्थानीय बासिन्दाले सडकखण्डमा विरोध प्रदर्शन गर्दै बाटो बन्द गराएका हुन् । 

यस अघि पनि स्थानीय बासिन्दाले काममा ढिलाई भएको भन्दै बाटो बन्द गरेर विरोध प्रदर्शन गरेका थिए । तर बाटोमा पानी हालेर धुलो उड्न नदिने र छिट्टै मर्मत गर्ने सहमति पछि बाटो खुलाइएको थियो ।

तर सहमति अनुसार काम नभएको र प्रदुषण बढेको भन्दै स्थानीय बासिन्दाले फेरि बाटो बन्द गराएका हुन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया