१ हजारभन्दा बढी सरकारी कर्मचारी कारबाहीका लागि सिफारिस

 फागुन २९, २०७५ बुधबार १५:१२:११ | रासस
unn.prixa.net

काठमाण्डौ - राष्ट्रिय सतर्कता केन्द्रले एक हजार २४० कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

केन्द्रले २८ जिल्लाका ४५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दै एक हजार २४० कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी गराउनुभयो । 

उहाँका अनुसार छड्के अनुगमन गर्दा कार्यालय समय पालना नगर्ने ८९७ र तोकिएको पोशाक नलगाउने ३४३ कर्मचारीलाई कारबाहीको सिफारिस गरिएको हो । केन्द्रले सम्बन्धित कार्यालयका कार्यालय प्रमुखलाई पत्र लेख्दै ती कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको हो ।

केन्द्रले ४४३ कार्यालयमा रहेका नागरिक बडापत्रको अनुगमन पनि गरेको छ । 

केन्द्रले नियमित रुपमा सरकारी कार्यालयको छड्के अनुगमन गर्ने गरेको छ । केन्द्रले गएकाे आर्थिक वर्षमा ५२ जिल्लामा रहेका कार्यालयमा छड्के अनुगमन गर्दा २ हजार ३७७ कर्मचारीलाई कारबाहीको लागि सिफारिस गरेको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया