इलाम र बझाङका मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने
बैशाख १५, २०८१ शनिबार
काठमाण्डाै - नेपाली सेनाको मुख्यालय जंङगी अड्डा आगामी वैशाख १२ गतेसम्ममा पुनर्निर्माण भइसक्ने भएको छ ।
२०७३ साल पुसदेखि काम थालिएको जंङगी अड्डाको ९९ प्रतिशत काम सकिएको नेपाली सेनाले जनाएको छ । ३ अर्ब ४९ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बिहीबार पुनर्निर्माण भैरहेको जंङगी अड्डाको निरीक्षण समेत गर्नुभएको छ ।
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले प्राधिकरणको सहयोग र समन्वयबाट जंङगी अड्डा पुनर्निर्माण भइरहेको बताउनुभयो । उहाँले आउँदाे वैशाख १२ गतेभित्र सम्पन्न गर्ने गरी पुनर्निर्माणको काम भैरहेको जानकारी दिनुभयो ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पले अरु संरचनाजस्तै जंङगी अड्डामा पनि क्षति गरेको थियो ।