तेम्बा र दीपाको नयाँ गीत : च्याङ्ग्बा तँलाई मेरो माया लाउँछ भने त

 चैत २, २०७५ शनिबार ११:१८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  तेम्बा शेर्पा र दीपा लामाको स्वरमा ‘च्याङ्ग्बा तँलाई मेरो माया लाउँछ भने त’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । 

दीपक शर्माको शब्दमा रहेको गीतको भिडियो युवराज वाइवाको निर्देशनमा बनेको छ । भिडियोमा विदेशमा कामका लागि गएका युवालाई उनकी प्रेमिकाले बोलाएको तर आउन नसक्ने भन्दै पीडा पोख्दैछन् ।

भिडियोमा निराजन प्रधान र निरन्जली लामाको अभिनय छ । नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतको भिडियो उत्सव दाहालले खिचेका हुन् भने विकाश दाहालले सम्पादन र मनिता गहतराजले कोरियोग्राफी गरेका छन् । 
 

अन्तिम अपडेट: चैत ३, २०७५

तपाईको प्रतिक्रिया