सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
आईसीसी यू १९ विश्वकपको एसिया क्षेत्रीय छनोटको थप तयारीका लागि भारतमा रहेको नेपाली युवा टिमले दोस्रो अभ्यास खेलमा हार व्यहोरेको छ ।
पहिलो खेलमा ६२ रनले विजयी भएको नेपाली युवा टिमले दोस्रो खेलमा ७२ रनको हार व्यहाेर्यो ।
नेपाली युवा टिमविरुद्ध आन्ध्र प्रदेशको टिमले ४९ ओभर तीन बलमा २८९ रन बनाउँदा अलआउट भयो । आन्ध्र प्रदेशका लागि पी तपश्वीले सर्वाधिक ११६ रन बनाएका थिए । त्यस्तै हर्षवर्द्धनले ३३ रन बनाउँदा हेमन्त रेड्डी र के बेङ्कटेशले २३-२३ रन बनाए ।
नेपालका लागि सूर्य तामाङले ३ विकेट लिँदा प्रितस जिसी, आकाश चन्द, शेर मल्ल र कुशल मल्लले एक-एक विकेट लिए ।
जवाफमा नेपाली युवा टिम ४५ ओभर दुई बलमा २१७ रनमा अलआउट भयो । नेपालका लागि रासिद खानले ३४ तथा कुशल मल्लले ३०, आशिफ शेखले २५ अविषेक बस्नेतले २३ र रित गौतमले २१ रन बनाए पनि टिमलाई हारबाट बचाउन सकेनन् ।
आन्ध्र प्रदेशका लागि हेमन्त रेड्डीले चार विकेट लिए ।
आईसीसी यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि विशेष तयारी गर्न नेपाली यू-१९ क्रिकेट टोलीले भारतको आन्ध्र प्रदेशमा रहेकाे छ । अप्रिल दोस्रो साताबाट आयोजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने छन्