वैज्ञानिकहरुले बनाए पुरुषहरुकाे लागि पनि गर्भनिरोधक चक्की

 चैत १६, २०७५ शनिबार १८:४७:४० | एजेन्सी
unn.prixa.net

अहिलेसम्म अस्थायी गर्भ निराेधका लागि पुरुषहरुले कण्डमको प्रयोग र स्थायीको लागि बन्ध्याकरण नै गर्दै आएका छन् । तर अब महिलाको जसरी पुरुषहरुले पनि गर्भ निरोधक चक्की खाएर गर्भ निराेध गर्न सक्नेछन् ।

हो वैज्ञानिकहरुले पुरुषले पनि गर्भ निरोध गर्न सक्ने ट्याबलेटको विकास गरिसकेको दावी गरेका छन् । जुन पुरुषहरुको लागि पूर्णतया सुरक्षित छ ।

लस एन्जल्स बायोमेडिकल रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ वाशिङटनका शोधकर्ताहरुले यो ट्याबलेटले पुरुषमा शुक्रकिट बन्नबाट रोक्ने दावी गरेका छन् । यो गर्भनिरोधक ट्याबलेटको प्रयोगले पुरुषमा कुनै साइड इफेक्ट नगर्ने बताएका छन् ।

अहिलेसम्म पुरुषले गर्भ निरोधको लागि कण्डमको सहायता लिने गरेका थिए । महिलाहरुको लागि गर्भनिरोधका विभिन्न उपायहरु छन् । तर महिलाले प्रयोग गर्ने यस्ता गर्भ निरोधक औषधीहरुले उनीहरुको स्वास्थ्यमा नराम्रो असर गरेको पनि पाइन्छ । अर्थात उनीहरुको शरीरमा हर्मोनको सन्तुलन बिग्रिन्छ ।

वैज्ञानिकका अनुसार पुरुष गर्भनिरोधक औषधीले महिलालाई सबै आफैले सहनुपर्ने बाध्यता घटेको छ, जसले उनीहरुमा नयाँ आशाको किरण उदाएको छ । पुरुषको लागि गर्भनिरोधकको ट्याबलेट भन्दा पहिले गर्भ निरोधक जेलको आविष्कार गरेका थिए, जसले पुरुषमा शुक्रकिट उत्पादन कम गर्नमा सहयोग गर्छ ।

तर पछिल्लोअध्ययन रिपोर्टले यो जेलमा फीमेल सेक्स हर्मोन प्रोजेस्टेरोनको सिन्थेटिक भर्जन र पुरुषमा पाइने टेस्टेस्टेरोन हर्मोन समावेश गरिएको छ । यस जेललाई पुरुषले आफ्नो काँधमा र कमरमा लगाउनुपर्ने हुन्छ त्यसपछि  यो जेलमा भएको हर्मोनलाई छालाले आफूमा ग्रहण गरेर पुरुषमा शुक्रकिट उत्पादनमा नियन्त्रण गर्ने गर्छ । यो जेल अहिले पनि क्लिनिक ट्रायलमा नै छ । यो ट्रायलको नतिजा सन २०२२ सम्म आइपुग्ने अनुमान गरिएको छ ।

एजेन्सी
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया