सुन्दा अचम्म लाग्न सक्छ: आफ्नै काेखबाट बालिकालाई जन्म दिँदै ५५ वर्षीया एम्मा बनिन् हजुरआमा !

 चैत १७, २०७५ आइतबार १८:१७:४३ | एजेन्सी
unn.prixa.net

कुनै पनि महिलाको सबैभन्दा राम्रो साथी उसको आमा हुने गर्दछिन् । आमा र छोरीको नाता सबैभन्दा अटुट नातामध्ये एक मानिन्छ । एउटी आमा आफ्नो सन्तानका लागि जे पनि गर्न तयार हुन्छिन् । 

आमाको मन कति ठूलो हुन्छ भन्ने कुराको उदाहरण वेल्सकी एक महिलाले दिएकी छिन् । वेल्सकी ५५ वर्षीया एम्मा माइल्सले आमा र छोरीको नातालाई सुन्दर ढङ्गले प्रस्तुत गरेकी छिन् । 

समाचारअनुसार, ५५ वर्षीय एम्मा माइल्सले आफ्नै नातिनीलाई आफ्नाे काेखबाट जन्म दिएकी हुन् । ३१ वर्षीया ट्रेसी स्मिथ, एम्मा माइल्सकी छोरी हुन् तर ट्रेसीको पाठेघरमा समस्या भएका कारण उनले जीवनभर कुनै बच्चालाई जन्म दिन सक्ने थिइनन् ।

आफ्नी छोरी ट्रसी स्मिथलाई आमाको सुख दिनका लागि एम्मा माइल्सले आफ्नै छोरीको सरोगेट मदर (भाडामा बच्चा जन्माउने आमा)  बनेर आफ्नो नातिनीलाई जन्म दिएकी हुन् ।

ट्रेसी स्मिथ बल्काकालदेखि नै एमआरकेएच (मेयर रोकिट्यान्स्की कस्टर हाउजर सिन्ड्रोम) राेगबाट पीडित थिइन् । ट्रेसीको जन्मिँदै पाठेघर नभए पनि उनको ओभरी (अण्डाशय) ले भने ठिक काम गर्थ्याे ।  

एम्मा माइल्सले आफ्नी नातिनीलाई जन्म दिनका लागि आईभीएफ (इन भिट्रो फर्टिलाइजेशन) को सहारा लिएकी थिइन् । यो यस्तो प्रक्रियो हो, जसमा महिलाको अण्डालाई शरीर बाहिर शुक्राणुसँग मिलाइन्छ । यसपछि भ्रूणलाई बच्चाको जन्म दिने महिलाको पाठेघरभित्र राखिन्छ । यही प्रक्रियाको सहारा लिएर एम्माले आफ्नो ३१ वर्षीय छोरी ट्रेसी स्मिथको बच्चाको जन्म दिएकी हुन् । 

आफ्नी नातिनीलाई जन्म दिनका लागि एम्माले झण्डै ३८ किलो वजन कम गरेकी थिइन् । साथै गर्भाधारणका लागि कयौं हार्माेनल मेडिकेशको सहारा लिएर शरीरमा हार्माेन्सको सन्तुलित गरेकी थिइन् । 

डाक्टरका अनुसार, ३५ वर्षको उमेरपछि आमा बन्ने महिलामा गर्भपतनको सम्भावना धेरै हुन्छ । यसका साथै यस्ता महिलामा प्रि–इक्लापसियाको पनि धेरै खतरा हुन्छ । यो एक कठिन र मुश्किल अभ्यास पनि हो, जसमा बच्चा र आमा दुवैको ज्यान जाने सम्भावना पनि बढी हुन्छ । तर एम्माले आफ्नो ज्यानको ख्याल नगरी आफ्नो छोरीको लागि आफ्नै छोरीको सरोगेट मदर बनेर नातिनीलाई जन्म दिएकी हुन् । 

एम्माले आफ्नी नातिनी एभी स्मिथलाई यही वर्ष १६ जनवरीमा अपरपेशनको माध्यमबाट जन्म दिएकी हुन् । जन्मने बालिका बिलकुल स्वस्थ छिनु, जन्मिँदा उनको तौल ३.१ किलोग्राम थियो । उनको जन्मपछि एम्माले भनिन्, ‘मेरी छोरी कहिले पनि आमा बन्न पाउँदिनन् भन्दा मलाई निकै दुःख लागेको थियो ।’

बालिकाको जन्मपछि ट्रेसी र उनका पति एडमले उनलाई कानुन अनुसार एडप्ट गरेका  (अपनाएका) छन् । परिवार पूरा भएसँगै ट्रेसीले आफ्नी आमालाई धन्यवाद पनि दिएकी छिन् । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया