मलेसियाका पूर्व उपप्रधानमन्त्री जेलमुक्त

 जेठ ३, २०७५ बिहिबार ११:२६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

malasiyan prime minister

मलेसियाका पूर्व उपप्रधानमन्त्री अन्वार इब्राहिम बुधबार जेलमुक्त भएका छन् । गुदमैथुनको अभियोगमा जेल परेका इब्राहिमलाई सजाय माफी घोषणा गरेर जेलमुक्त गरिएको हो । 

उनलाई जेलमुक्त गरिएपछि ठूलो संख्यामा उहाँका सुभेच्छुकले खुशीयाली मनाउँदै र्‍याली निकालेका थिए । राष्ट्रप्रमुख तथा राजा मोहम्मद पाँचौँले उहाँलाई पूर्ण माफी दिँदै तत्काल रिहा गर्न लगाएका हुन् । उनलाई सन् १९९८ मा उपप्रधानमन्त्रीबाट पदच्युत गरिएको थियो भने केही समयपछि भ्रष्टाचार र गुदमैथुनको आरोप लगाएर जेल चलान गरिएको थियो ।

सन् २०१५ देखि फेरी गुदमैथुनकै आरोपमा दोस्रो पटक काराबासको सजाय गरिएको थियो । आफूमाथि लागेको आरोपलाई भने अन्वारले अस्वीकार गर्दै राजनीतिक प्रतिशोध साँधेर गलत आरोप लगाई दण्डित गरिएको बताउदै आइरहेका थिए । 

सन् २०१६ देखि अन्वार र पूर्वप्रधानमन्त्री माहाथिर मोहम्मदले संयुक्तरूपमा नाजिब रजाक नेतृत्वको सरकारविरुद्ध मोर्चाबन्दी गर्दै आएका थिए । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया