झारफुक गर्ने बहानामा बलात्कार गर्ने झाँक्री पक्राउ

 चैत २१, २०७५ बिहिबार २०:२२:१२ | उज्यालो सहकर्मी

भक्तपुर - १३ वर्षीया बालिका बलात्कार गरेर फरार भएका झाँक्री (झारफुक गर्ने व्यक्ति) लाई प्रहरीले तीनदिनपछि पक्राउ गरेको छ । 

बिरामी बाबुको झारफुक गर्न गएकी १३ वर्षीया बालिकालाई मकवानपुरको मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका-५, घर भई चाँगुनारायण नगरपालिका ८ मा बस्दै आएका गुरु रोशन भन्ने हिरामणि पौडेलले गएको १९ गते मंगलबार दिउँसो बलात्कार गरेर फरार भएका थिए ।

तीन दिनपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीमा भाडामा सञ्चालन गरेको झारफुक केन्द्रमा गएकाे १९ गते बिरामी बाबुलाई साथी गएकी १३ वर्षीया बालिकालाई धामी घिमिरेले बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

घिमिरेले आँखामा पट्टी बाधेर उपचार गर्नुपर्छ भन्दै बाबुको आँखामा पट्टी बाँधेर उपचार गर्ने नाममा बालिकाको मुख थुनेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । पीडित बालिकाले धामीले आफूलाई जबर्जस्ती गरेको बाबुलाई बताएपछि १९ गते नै प्रसूति गृह थापाथलीमा बालिकाको स्वास्थ्य परीक्षण गरिएको र त्यही दिन जाहेरी आएको प्रहरीको भनाइ छ । 

पीडितबाट जाहेरी आएलगत्तै प्रहरीको टोली १९ गते नै घटनास्थल पुग्दा धामी घिमिरे फरार भएको र खोजी गर्ने क्रममा रसुवाको कालिका गाउँपालिका नं. ३ कटुन्जेस्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा भेटिएको थियो । उनीविरुद्ध जिल्ला अदालत भक्तपुरबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया