७३ वर्षको उमेरमा फुटबल खेलेर नयाँ कीर्तिमान

 चैत २४, २०७५ आइतबार ९:५४:३४ | एजेन्सी
unn.prixa.net

एक इजरायली नागरिकले ७३ वर्षको उमेरमा फुटबल खेलेर नयाँ कीर्तिमान कायम गरेका छन् ।

इसाक हायिक नामका एक वृद्धले शुक्रबार इजरेली क्लब इरोनी ओर येहुदाबाट गोलरक्षक बनेर फुटबल खेलेका हुन् । उनले आफू वृद्धावस्थामा भए पनि खेलका लागि तयार रहेको बताएका थिए । उनले ९० मिनेट पुरै खेल खेलेका थिए ।

खेल सकिएपछि उनलाई गिनिज वल्र्ड रेकर्ड्सले पुरस्कार पनि प्रदान गरेको थियो । 

उनको टिम ५–१ गोलले पराजित भए पनि उनले निकै राम्रो प्रदर्शन गरेका थिए । उनले आफ्नो प्रदर्शनलाई इजरायलको गौरवको विषय भएको प्रतिक्रिया दिएको समाचार संस्था रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 


 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया