जापान भर्सेस पाेल्याण्ड : प्रभाव पार्न सक्ने खेलाडी

 असार १४, २०७५ बिहिबार १७:३३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण अमेरिकी राष्ट्र काेलम्बियलार्इ हराएर सनसनी मच्चाएकाे जापान दाेस्राे चरणमा पुग्नकाे लागि विहीबार साँझ अ‌ंककाे खाता खाेल्न  नसकेकाे पाेल्याण्डसँग खेल्दैछ ।

जापानले बराबरी खेले पनि दाेस्राे चरण प्रवेश गर्ने पक्कापक्की छ भने पाेल्याण्ड जतिसुकै भारी गाेलले हराए पनि दाेस्राे चरण प्रवेश गर्न सक्दैन । उसका लागि याे खेल प्रतिष्ठाका लागि मात्र हुनेछ ।

 

प्लेयर्स टु वाच
 
माया योसिदा, जापान


 

पोल्याण्डका रोबर्ट लेवाण्डोस्कीको अहिलेसम्मको प्रदर्शन बिर्सनलायक रह्यो ।
कम दबाबमा हुने आजको खेलमा उनी गोल गर्न प्रयासरत हुनेछन्, किनभने करिअरको अन्त्यतिर रहेका उनी विश्वकपमा कम्तिमा एक गोल गर्न चाहन्छन् ।

साउथह्याम्प्टनका माया योसिदा लेवाण्डोस्कीलाई रोक्नका लागि सबैभन्दा उपयुक्त हुन सक्छन् । लेवाण्डोस्कीलाई रोक्नु उनका लागि प्रतियोगिताकै अहिलेसम्मको कठिन परीक्षा हुनसक्छ ।

 
आर्काड्युज मिलिक, पोल्याण्ड

 
सेनेगलविरुद्धको कमजोर प्रदर्शनका लागि मिलिकलाई कोलम्बियाविरुद्धको खेलमा बेञ्चमै सीमित गरियो । त्यसो गर्नु पोल्याण्डको भलाईका लागि भने थिएन । 

उनै स्ट्राइकर मिलिक आजको खेलमा टिममा आउन सक्छन् ।

 
म्याच फ्याक्ट्स


 – जापानले पोल्याण्डसँग अहिलेसम्म खेलेका २ खेलमा दुवैमा जित हासिल गरेको छ ।  सन् १९९६ मा ५–० को जित हासिल गरेको जापानले २००२ मा २–० ले हराएको थियो ।
 
– जापानले युरोपेली प्रतिस्पर्धीविरुद्ध खेलेका पछिल्ला ५ विश्वकप खेलमध्ये ४ वटामा गोल गर्न सकेको छैन । अन्तिम पटक उसले सन् २०१० मा डेनमार्कलाई ३–१ ले हराएको थियो ।
 
– पोल्याण्डले यसअघि एशियाली प्रतिस्पर्धीसँग विश्वकपमा एकपटक मात्र खेलेको छ । सन् २००२ मा उसले दक्षिण कोरियासँग २–० को पराजय ब्यहोरेको थियो ।
 
– ताकासी इनुईले जापानका लागि पछिल्लो ३ खेलमा ३ गोल गरेका छन् । उनले जापानका लागि त्यसअघि खेलेका २६ खेलमा २ गोल मात्र गरेका थिए ।

– सन् १९८६ को विश्वकपपछि पोल्याण्ड अहिलेसम्म विश्वकपको समूह चरणका  खेलेको तीनओटै खेलमा पराजित भएको छैन ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया