खाद्यकाे अनुगमन तीव्र पारिदै

 चैत ३०, २०७५ शनिबार १९:१९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैमा सञ्चालित चिकेन स्टेशन खाजा पसलमा अखाद्य तेलको प्रयोग भएको पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शनिबार गरेको बजार अनुगमनका क्रममा काठमाण्डौ महानगरपालिकाको सितापाइलामा रहेकाे चिकेन स्टेशनमा अखाद्य तेल प्रयोग भएको पाइएको हो ।

चिकेन फ्राइका लागि राखिएको तेल हाइ पोलारिटी अर्थात अत्याधिक डढेको पाइएपछि अनुगमन टोलीले सबै तेल नष्ट गरी ३ दिन भित्र विभागमा उपस्थित हुनका लागि पत्र काटेको छ ।

त्यसैगरी सँगै सञ्चालित सेल्सबेरी डिपार्टमेण्ट स्टोरका खाद्य सामाग्रीहरु पनि गुणस्तरहीन पाइएको छ । फापरको पीठो, पिउने पानी, तेल, जाम लगायत सामाग्री गुणस्तरयुक्त नपाइएपछि विभागले सेल्सबेरी डिपार्टमेण्ट स्टोरको उत्पादन  तथा बिक्रिवितरणमा रोक लगाएको छ ।  

त्यसैगरी बालाजु माछापोखरीमा रहेकाे सुर्यदेव मिठाइ पसललाई भने अनुगमन टोलीले सिलबन्दी गरेको छ । कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गरिएको मिठाइ पसलमा अत्याधिक मिसावट, सरसफाइको कमी तथा व्यक्तिगत सरसफाइ पनि सन्तोषजनक नदेखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि पसल सिलबन्दी गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वरराज सुवेदीले जानकारी दिनुभयो ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले अनुगमनका क्रममा गुणस्तरहीन खाद्यसामग्री फेला पर्नुको साथै सरसफाइमा कमी  र कानुनी प्रक्रिया पनि पूरा नगरेको पाइएकाले नियामक निकायले अनुगमन तीव्र पार्नुपर्ने बताउनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ता अधिकार अनुसन्धान मञ्चका प्रतिनिधि, पत्रकार सहित राजधानीको बालाजु, सितापाइलालगायत क्षेत्रको अनुगमन गरेको हो । अनुगमनका क्रममा स्थलगतरुपमा नै  खाद्य परीक्षणका लागि मोबाइल प्रयोगशाला भ्यान प्रयोग गरिएको थियो ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया