राष्ट्रिय वनस्पति पुरस्कार डा. संगीता राजभण्डारीलाई

 चैत ३०, २०७५ शनिबार २०:४७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौँ – यस वर्षको राष्ट्रिय वनस्पति पुरस्कार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पतिशास्त्र विभागकी प्राध्यापक डाक्टर संगीता राजभण्डारीलाई प्रदान गरिएको छ ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वनस्पति विभागले आफ्नो स्वर्ण जयतीका अवसरमा २०६६ सालमा स्थापना गरेको एक लाख रुपैयाँ राशीको राष्ट्रिय वनस्पति पुरस्कार यस वर्ष प्रोफेसर डाक्टर भण्डारीलाई प्रदान गरिएको हो ।

शुक्रबार विभागको ५९ औँ वार्षिकोत्सव तथा २० औँ वनस्पति दिवसका अवसरमा आयोजित कार्यक्रममा वन तथा वातवारणमन्त्री शक्ति बस्नेतले भण्डारीलाई पुरस्कार हस्तान्तरण गर्नुभयो ।

नेपालको झण्डै ४५ प्रतिशत भूभाग वन तथा वनस्पतिले ओगटे पनि यसको राम्रोसँग सदुपयोग हुन नसकेको टिप्पणी गर्दै पुरस्कृत राजभण्डारीले जलवायु परिवर्तन र मानवीय गतिविधिका कारण वनस्पति क्षेत्र नासिँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।    

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया