इलाम र बझाङका मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने
बैशाख १५, २०८१ शनिबार
वैशाख – मंगलबार साँझको हावाहुरिका कारण दोलखा जिल्लाभर विद्युत अवरुद्ध भएको छ ।
मंगलबार साँझको हावाहुरीले विभिन्न स्थानमा विद्युतका पोल ढालेका कारण विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका इन्जिनियर उमेश श्रेष्ठले जानकारी दिनुभयो ।
लामोसाँघु–चरिकोट, चरिकोट–जिरी, चरिकोट–सिप्रिङ जोड्ने ३३ केभी मुख्य प्रसारण लाइनमा हावाहुरीले क्षति पुर्याएपछि गए राति ८ बजेबाट अवरुद्ध भएको विद्युत हालसम्म सुरु हुन सकेको छैन ।
हावाले रुख ढालेपछि विद्युत पोलमा क्षति पुगेको हो । सदरमुकाम चरिकोट आसपासको क्षेत्रमा साँझसम्म विद्युत सञ्चालन हुन सक्ने अनुमान गरिए पनि जिल्लाभरको हकमा भन्न सक्ने अवस्था नरहेको जनाएको छ ।
उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।