नयाँघरेको ‘औँला औँलामा अष्ट्रेलिया’ सार्वजनिक

 असार १५, २०७५ शुक्रबार २०:३०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – वरिष्ठ निबन्धकार युवराज नयाँघरेको ‘औँला औँलामा अष्ट्रेलिया’ नियात्रा संग्रह सार्वजनिक भएको छ । 

शुक्रबार राजधानीमा आयोजित विशेष समारोहमा संस्कृतिविद् सत्यमोहन जोशीले नियात्रा संग्रह विमोचन गर्नुभएको हो । निबन्धकार नयाँघरेले दुई महिनाको अष्ट्रेलिया बसाईका क्रममा त्यहाँको शहरी विकास र उन्नति, सुशासनका साथै नेपाली विद्यार्थीको दुखेसो, रुवाबासी, छटपटी लगायतमा आफूले गरेको अनुभूतिलाई नियात्रा संग्रहमा समावेश गरेका छन् । 

निबन्ध र नियात्रामा अनवरत कलम चलाउँदै आएका नयाँघरेको यो कृति १८ आैँ कृति हो । ३३ वटा शीर्षकमा २ सय ३४ पृष्ठमा लिपिबद्ध भएका नियात्राहरुले समग्र अष्ट्रेलियाको वास्तविकताको साथै नेपाली विद्यार्थीको सिड्नीप्रतिको आकर्षण र  त्यहाँ पुगेपछिको जीवनशैली र उनीहरुको नेपालप्रतिको प्रेमलाई खुलस्त रुपमा राखेका छन् ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया