हिमालय एयरलाइन्सले प्रयास नेपाललाई थप सहयोग गर्ने

 बैशाख ८, २०७६ आइतबार १२:३८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हिमालय एअरलाइन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहलमार्फत अनाथ तथा विपन्न बालबालिकाको उत्थानका लागि प्रयास नेपाललाई दिँदै आएको सहयोगलाई निरन्तरता दिने घोषणा गरेको छ । 

हिमालय एअरलाइन्स्ले २० अप्रिल २०१९ मा प्रयास नेपालसँगको संस्थागत सामाजिक उत्तरदायित्वको सम्बन्धलाई थप प्रगाढ बनाउने निर्णय गरेको हो । यो निर्णयअनुसार नयाँ शैक्षिक सत्र २०७६ मा पनि प्रयास नेपालमा रहेका बालबालिकाका निम्ति शैक्षिक तथा खाजाका सामाग्रीहरु उपलब्ध गरेको जनाएको छ ।

प्रयास नेपालले अहिले ३२ जना अनाथ बालबालिकालाई आश्रय दिँदै आएको छ । बालुवाटार स्थित आफ्नै प्रांगणमा विद्यार्थीले गरेको मनोरञ्जनात्मक प्रदर्शनलाई हिमालय एअरलायन्सका उप महाप्रन्बन्धक सुन चेङ्ग, ब्राण्ड तथा सेवा सुधार विभाग प्रमुख उज्ज्वला दलीलगायतले स्वागत गरेका थिए ।

संस्थागत सामाजिक उत्तरदायित्वमार्फत हिमालय एअरलाइन्सले नयाँ पिँढीको उज्ज्वल भविष्यका निम्ति निरन्तर रुपमा राम्रा र प्रभावकारी योगदानहरु गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ । प्रत्येक वर्ष आफ्नो सहयोगको प्रतिबद्धतालाई अझ मजबूत बनाउँदै आएको हिमालय एअरलाइन्सको प्रयास नेपाललाई यो तेस्रो वर्षको सहयोग हो ।

शिक्षा, सचेतना तथा सीप विकास क्रियाकलापमार्फत वञ्चित बालबालिकालाई सशक्तीकरण बनाउने सोचसहित सन् २००३ मा प्रयास नेपालको स्थापना भएको थियो । प्रयास नेपालले देशका विभिन्न भागमा रहेका अनाथ, बेवारिस छाडिएका तथा शारीरिक रुपमा अशक्त बालबालिकालाई आश्रय प्रदान गर्दै आइरहेको छ । 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया