धनुषामा साढे दुई वर्षीय बालककाे घाँटी रेटेर हत्या

 बैशाख २४, २०७६ मंगलबार ९:२६:४२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – धनुषामा साढे दुई वर्षको बालकको घाँटी रेटी हत्या भएको छ । मिथिला नगरपालिका–६ ढल्केबरका शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साहको घाँटी रेटी हत्या भएको हो ।

सोमबारदेखि हराइरहेका बालकको आफ्नै घर पछाडीको आँपको बगैँचामा मंगलबार बिहान घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको हो । बालक सोमबार दिउँसो घरबाट बेपत्ता भएपछि प्रहरीलाई जानकारी गराइएको थियो । प्रहरीसहित स्थानीयले खोजी गरिरहेका थिए ।

वैदेशिक रोजगारीमा गएका शम्भुको दुई छोरी र एक मात्र छोरा थिए । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक सरोज राईले बालकको हत्या भएको बताउनुभयो । 

उहाँले बालकको अपहरणपछि हत्या भएको हुनसक्ने अनुमान गरिएको जानकारी दिनुभयो । ‘घटनाबारे अनुसन्धान भैरहेको छ । अनुसन्धानपछि मात्र घटनाबारे जानकारी दिन सकिन्छ ।’ उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया