आईपीएल खेलिरहेका दक्षिण अफ्रिकी क्रिकेटरलाई विश्वकपका लागि चाँडै फर्कन आग्रह

 बैशाख २८, २०७६ शनिबार १२:३९:२० | एजेन्सी
unn.prixa.net

दक्षिण अफ्रिकी क्रिकेट टिमका प्रशिक्षक ओटिस गिब्सनले विश्वकपका लागि आईपीएलमा सहभागी खेलाडीलाई चाँडै फर्कन आग्रह गरेका छन् ।

मे ३० तारिखदेखि इंग्ल्याण्डमा सुरु हुन लागेको विश्वकपको तयारीका लागि भन्दै भारतमा जारी आईपीएल क्रिकेटमा सहभागी दक्षिण अफ्रिकाका खेलाडीलाई फर्काउन आफ्नै देशको क्रिकेट बोर्डलाई भनेका हुन् ।

आईपीएलको फाइनल खेल आइतबार हुँदै छ । दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस, इमरान ताहिर, क्विन्टन डी कक, क्रिस मोरिस आईपीएल खेल्न भारत आएका थिए ।

आईपीएलको फाइनलमा चेन्नई र मुम्बई इण्डियन्स भिड्दा तीन जना दक्षिण अफ्रिकाका खेलाडी छन् । दिल्लीबाट खेलेका क्रिस मोरिस भने शुक्रबार रातिको खेलमा चेन्नईसँग पराजित भएपछि उनी भने फर्कने तयारीमा छन् ।

यसैगरी फाइनलमा चेन्नईबाट खेल्दै आएका फाफ डु प्लेसिस,इमरान ताहिर र क्विन्टिन डि कक मुम्बईबाट खेलिरहेका छन् । कागिसो राबाडा भने यसअघि नै घाइते भएपछि दक्षिण अफ्रिका फर्किएका थिए ।

अन्तिम अपडेट: चैत २२, २०८०

तपाईको प्रतिक्रिया