इंग्ल्याण्ड-पाकिस्तान दाेस्राे एक दिवसीय: बटलरकाे शतकसँगै इंग्ल्याण्डले दियाे ३७४ रनकाे लक्ष्य

 बैशाख २८, २०७६ शनिबार २०:२८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानसँगको दोस्रो एक दिवसीय क्रिकेटमा इंग्ल्याण्डले ३ सय ७४ रनको लक्ष्य दिएको छ ।

साउदह्याम्प्टनमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ३ विकेट गुमाएर ३ सय ७३ रन बनाएको हो । इंग्ल्याण्डका लागि जस बटलरले शतक बनाए । ५५ बल खेलेका बटलरले ६ चौका र ९ छक्काको मद्धतमा नटआउट १ सय १० रन बनाएका हुन् ।

यस्तै जेसन रोयले ८७ तथा कप्तान अइन मोर्गनले ७१ रन बनाए । पाकिस्तानका सहिन अफ्रिदी, हसन अलि र यासिर शाहले एक एक विकेट लिए ।

३ सय ७४ रनको लक्ष्य पछ्याउँदै पाकिस्तानले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । ताजा अवस्थामा उसले १ ओभरमा कुनै विकेट नगुमाइ ३ रन बनाएर खेलिरहेको छ ।

यी दुई देशको पहिलो एकदिवसीय खेल भने बर्षाका कारण रद्द भएको थियो । इंग्ल्याण्ड भ्रमणमा रहेको पाकिस्तानले थप तीनवटा एक दिवसीय क्रिकेट खेल्नेछ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया