प्रसारण लाइन बनाउने क्रममा चिनियाँ नागरिकको ज्यान गयो

 बैशाख ३१, २०७६ मंगलबार १९:५४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

नुवाकोट – माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको निर्माणाधीन प्रसारण लाइनको टावर बनाउने क्रममा दुर्घटना हुँदा मंगलबार एक चिनियाँ नागरिकको ज्यान गएको छ ।

लिखु गाउँपालिका वडा नं. ३ स्थित चौघडामा प्रसारण लाइनको टावर बनाउने क्रममा टावरको माथिल्लो भागबाट झरेको सामानले लाग्दा चिनियाँ नागरिक ४७ वर्षीय हियो झ्याङको ज्यान गएको हो । 

माथिबाट खसेको फलामको सामग्रीले झ्याङको टाउकोमा लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
टाउकोमा चोट लागेर गम्भीर घाइते भएको झ्याङलाई उपचारका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली ल्याउने क्रममा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उहाँको शव मंगलबार नै राजधानी पठाइएको प्रहरीले जनाएको  छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया