प्रधानमन्त्री ओलीबाट सिल्भर पेगोडा भ्रमण

 जेठ १, २०७६ बुधबार ७:२०:२५ | रासस
unn.prixa.net

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा मंगलबार सिल्भर पेगोडा भ्रमण गर्नुभएको छ । वाट प्रिया केओ अर्थात् पन्नाको बुद्ध मन्दिर पनि भनिने सिल्भर पेगोडा यसको भूइँका लागि प्रख्यात छ । जुन पाँच टन चम्किलो चाँदीले ढाकिएको छ ।

सिल्भर पेगोडासम्म जाने भर्‍याङ इटालेली सिङमर्मरद्वारा बनेको छ । सन् १८९२ मा राज नोरोदोमका पालामा पहिले काठबाट बनाइएको सो पेगोडा सन् १९६२ मा पुनःनिर्माण गरिएको थियो । 

यो कम्बोडियाको प्रसिद्ध हेर्नलायक दर्शनीय संरचना हो । प्रधानमन्त्री ओली र उहाँको प्रतिनिधिमण्डलले सो पेगोडाको शैली र वैभवताको अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया