उपचुनावकाे तयारी पूरा, निर्धक्क भई मतदानमा सहभागी हुन आयाेग...
बैशाख १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा जारी १८औंँ वर्ल्ड र्याफ्टिङ च्याम्पियनसिपको स्प्रिन्ट विधामा नेपाल पाँचौ भएको छ ।
च्याम्पियनसिपको पहिलो दिन भएको स्प्रिन्टमा पुरुष खुलातर्फ नेपाली टोलीले पाँचौ स्थान हात पारेको हो । यस विधामा ब्राजिलले पहिलो, जापान दोस्रो र रुस तेस्रो भएको छ ।
क्वीन्सल्यान्डकाे टुली नदीमा निर्धारित दूरी नेपाली टोलीले २४७।७८ सेकेन्डमा पूरा गर्यो । विश्व र्याफ्टिङको स्प्रीन्टमा नेपालको यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो ।
नेपाली टोलीमा शक्तिकुमार गुरुङ, पदम बहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ र रविल मियाँ छन् भने कप्तानमा सुरज गुरुङ छन् ।