आईपीएलको अर्को संस्करणमा पनि महेन्द्रसिंह धोनी खेल्ने

 जेठ ३, २०७६ शुक्रबार १९:४३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज लिग आईपीएलको अर्को संस्करणमा पनि महेन्द्रसिंह धोनी खेल्ने भएका छन् । उनको फ्रेन्चाइज टिम चेन्नाई सुपर किंग्सका सीइओ काशी विश्वानाथले अर्को सिजन पनि आईपीएल खेल्ने खुलासा गरेका हुन् । 

न्यू इण्डियन एक्सप्रेसलाई दिएको अन्तर्वार्तामा धोनीले पनि २०२० को आईपीएल खेल्ने संकेत गरेका थिए ।  हालै सम्पन्न आईपीएलको फाइनल खेलेको चेन्नईका लागि उनले १५ खेलमा ४१६ रन बनाए भने केही खेलमा उनकै प्रदर्शनले जित पनि हात लागेको थियो ।

फाइनलमा भने मुम्बईसँग चेन्नई १ रनले पराजित भएको थियो ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया