सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
बाँके - बाँके क्षेत्र नम्बर १(क) बाट निर्वाचित प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमूना’ चढेेको गाडी शुक्रबार साँझ नरैनापुरमा तोडफोड भएको छ ।
प्रहरी चौकी घेराउ गरिरहेको समुहले केसी चढेकाे गाडीमा तोडफोड गरेको हो । प्रहरी चौकी घेराउका क्रममा केसी निर्वाचन क्षेत्रको भ्रमण गरी कटकुइयाबाट फर्कँदै हुनुहुन्थ्यो ।
नरैनापुरमा ब्यवसाय गर्ने भारतीय नागरिक चरेस सहित पक्राउ गरेपछि स्थानिय आक्रोशित हुँदै प्रहरी चाैकी घेराउ गरेका थिए ।
निर्दोषलाई फसाउन खोजेको भन्दै स्थानीयले रिहाइको पहल गरिदिन केसीलाइ दवाब दिएका थिए ।
केसी त्याहाँबाट अघि बढ्न खाेज्दा उहाँ चढेकाे गाडीमाथि ताेडफाेड भएकाे हाे । ताेडफाेडबाट सामान्य क्षति पुगेकाे छ ।