सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
रुपन्देही –राष्ट्पति विद्यादेवी भण्डारीले २५ सय ६३ औं बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष २०७६ को उद्घाटन गर्नुभएको छ ।
‘बुद्ध स्थल लुम्बिनी जाऔं शान्तिको सन्देश फैलाऔँ’ भन्ने नाराका साथ आजबाट लुम्बिनी भ्रमण वर्ष शुरु भएको छ । संसार भरीका बौद्धमार्गीहरु माझ लुम्बिनीको प्रचार गर्न र पर्यटन मार्फत् देशलाई समृद्धितर्फ अघि बढाउन लुम्बिनी भ्रमण दिवस घोषणा गरिएको छ ।
बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरु अम्बिका श्रेष्ठ, माझीलाल थनेत, पत्रकार निरु गौतम, जग्गा दाता पदम प्रसाद चौधरी, वरिष्ठ चित्रकार हरि प्रसाद शर्मा लगायतलाई समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसंशा पत्रसहित सम्मान गर्नुभयाे ।