सहमतिपछि प्रत्यारोपण केन्द्रका नर्सहरुले अनसन ताेडे

 जेठ ५, २०७६ आइतबार २०:५६:४८ | विना न्याैपाने
unn.prixa.net

काठामण्डाै - भक्तपुमा रहेकाे शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका अनसनरत नर्सहरुले सहमतिपछि १० दिनदेखिकाे अनसन ताेडेका छन् ।

आन्दाेलनरत नर्स  र अस्पताल प्रशासनबीच १० बुँदे सहमित भएपछि वैशाख २८ गतेदेखि आमरण अनसन बसेका दुई जना नर्सले अनसन ताेडेका हुन् । 

प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ, नर्सिङ एसोशियसन अफ नेपालका अध्यक्ष तारा पोखरेल लगायतले आमरण अनसनरत डिकी शेर्पा र जिता बराललाई जुस खुवाएर १० दिनदेखिको अनसन तोडाएका हुन् । 

लोकसेवा परीक्षामा अनुतिर्ण भए पनि केन्द्र संचालन भएदेखि कार्यरत नर्सलाई प्राथमिकतामा राखेर रोजगारीको सुनिश्चितता गरिने, अनुभव हेरेर बढुवा गर्नेे, जोखिम भत्ताको व्यवस्था गर्ने लगायत १० बुँदामा अस्पताल प्रशासन र आन्दोलनरत नर्सहरुबीच सहमति भएको अस्पतालमा कार्यरत नर्स रमा लामाले बताउनुभयो । 

विभिन्न माग राख्दै नर्सहरु वैशाख ११ गतेदेखि आन्दोलनमा थिए । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया