सर्लाहीमा बगेर दुईजनाको मृत्यु, एकजना बेपत्ता

 असार १९, २०७५ मंगलबार १०:१५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – बाढीले बगाउँदा दुईजनाको ज्यान गएको छ । एकजना हराइरहेका छन् ।  हरिवन  नगरपालिकाको लखनदेही खोलामा आएको बाढीले बगाउँदा ४० वर्षका धनबहादुर लोप्चनको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै हरिऔन खोलाले बगाउँदा टेकबहादुर विकको ज्यान गएको छ ।  लखनदेही खोलामा आएको बाढीले बगाउँदा बरहथवा नगरपालिका १६ का ६५ वर्षका बलदेव महतो हराइरहेको प्रहरीले जनाएको छ । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया