प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

 जेठ ७, २०७६ मंगलबार १६:३०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितालगत्तै प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।

जेठ २८ बाट सुरु हुने प्रतियोगिता कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा रहेकाे खुल्ला मञ्चमा हुनेछ । प्रतियाेगिताको व्यवस्थापन महाकाली स्पोर्टस सोसाइटीले गर्नेछ ।

प्रतियोगिताको अनुमानित लागत ८८ लाख रहेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । ८८ लाखमध्ये ३५ लाख राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराउनेछ भने बाँकी रकम महाकालीले प्रायोजक खोज्नुपर्नेछ।

प्रतियोगितामा सात प्रदेश र एक विभागीय टिम गरी कूल ८ महिला टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछन् भने उत्कृष्ट खेलाडीले स्कुटर पाउने बताइएकाे छ ।

अन्तिम अपडेट: भदौ १५, २०७६

तपाईको प्रतिक्रिया