चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु, दुई जना घाइते

 जेठ ९, २०७६ बिहिबार ६:५३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – कैलाश गाउँपालिका– २ बैकुण्ठमा बुधबार राति हावा हुरीसँगै परेको चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर अन्य दुई जना घाइते भएका छन् । 

चट्याङ लागेर बैकुण्ठकी ६५ वर्षीया साइलीमायाँ मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।

यस्तै चट्याङ लागेर यही ठाउँका ३९ वर्षीय विनामायाँ मोक्तान र ७० वर्षीय डोल्मा बल गम्भीर घाइते भएका छन् । उनीहरुको डाँडाखर्क स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया