१ करोड २५ लाख लगानीमा विराटनगरमा हरियाली पार्क निर्माण हुने

 जेठ १४, २०७६ मंगलबार ७:३१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – विराटनगर–९ मा रहेको ए प्लटमा सुविधा सम्पन्न हरियाली पार्क निर्माण हुने भएको छ ।

१ करोड २५ लाखको लागतमा १ कठ्ठा ६ धुर क्षेत्रफलमा निर्माण सम्पन्न हुने पार्कको शिलान्यास गर्दे नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले समयमा नै पार्क निर्माण सम्पन्न गर्न सबै लाग्नु पर्नेमा जोड दिनुभयो । 

उहाँले विराटनगर विकास निर्माणको चरणमा रहेकाले अहिले विराटनगरवासीले धुलो, धुवा, बाटोघाटो को समस्या झेल्नु परेको बताउँदै आउने आर्थिक वर्षभित्र विराटनगरले विकास निर्माणमा फड्को मार्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै सांसद केदार कार्कीले विराटनगरको व्यस्त बजारमा पार्क निर्माणले धेरैलाई राहत पुग्ने बताउनुभयो ।

सांसद केदार कार्कीले सांसद विकास कोषबाट ४८ लाख र बाँकी रकम विराटनगर महानगरपालिकाले उपलब्ध गराएर समयमै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ यही हप्ताबाट काम अगाडि बढाउने विराटनगर महानगरपालिकाक मेयर भीम पराजुलीले बताउनुभयो ।

पार्कभित्रै शौचालय, बस्ने स्थान सबै कुराको व्यवस्थापन गरिने मेयर भीम पराजुलीले बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया