भारतीय तीर्थयात्रीको सेनाको हेलिकप्टरमार्फत उद्धार

 असार २०, २०७५ बुधबार १४:५९:५४ | रमेश ऐडी

हुम्ला– मानसरोवर कैलाश तिर्थयात्रा गरी फर्कन लागेका भारतीय तिर्थयात्रीको नेपाली सेनाको हेलिकप्टरले उद्धार थालेको छ । 

अविरल वर्षाले हुम्ला जिल्लाको सदरमुकाम सिमकोट र सिमाना हिल्सामा अलपत्रमा परेका भारतीय तीर्थयात्रीहरुको सेनाको हेलीकप्टरले उद्धार फलाइट सुरु गरेको छ । 

तीन दिनसम्म लगातारको वर्षाले सिमकोट नेपालगंज हवाई सेवा अवरुद्ध भएपछि तीर्थयात्रीहरुको विचल्ली भएको हो । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा रहेका ५ सय ५० जना र सिमाना हिल्सामा रहेको ६ सय जनाको लागि सेनाको एमआई सेभेन हेलिकप्टरले सिमाना हिल्सा र सदरमुकाम सिमकोटवाट एक–एक उडान भर्दै सुर्खेत झारेको छ ।

सिमकोटका लागि उडान भर्दै आएका  निजी विमान सेवाको सीता, सुमित, तारा एयरलाइन्सहरुको पानी हावाहुरी वादलका कारण नियमित उडान भर्न नसक्दा सिमकोटबाट नेपालगंजको लागि उडान अवरुद्ध भएको थियो ।  तीर्थयात्रीका लागि खान–बस्नसम्म समस्या परेकाले भारतीय विदेश मन्त्री सुश्मा स्वराजले उद्धारका लागि  नेपाल सरकारसँग आग्रह गर्नुभएको थियो ।  

सेनाको हेलिकप्टरमार्फत सुर्खेतसम्म तीर्थयात्रीलाइ उद्धार गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख रविन श्रेष्ठले बताउनुभयो । एक सय जनालाइ सुर्खेतबाट सिमकोट र सिमकोटबाट सुर्खेतसम्म आज उद्धार गर्न सकिने प्रमुख श्रेष्ठले बताउनुभयो । दैनिक रुपले हवाई सेवा अवरुद्ध हुँदा सिमकोट बजारमा दैनिक उपभोग्य सामग्रीकाे पनि अभाव भएको छ । 

नेपालीलाई यात्रा गर्नै गाह्रो

हुम्लाको सिमकोटबाट हवाइजहाजको टिकट पाउनै मुश्किल परेको छ । मानसरोवर कैलाश गएका भारतीय तीर्थयात्रीका लागि अग्रिम टिकट बुकिङ गरिएकाले नेपाली यात्रीलाई टिकट पाउनै कठिन भएको छ ।  

हप्ताैँ दिनसम्म हवाई टिकट नपाएर यहाँका अस्थायी शिक्षकहरु परीक्षा फारम समेत भर्न नपाएर आयोगको परीक्षा दिनसम्म नपाउने भएका छन् । 

सिमकोट विमानस्थलमा हिजोआज नेपालगञ्ज र सुर्खेत जाने यात्रुहरुको दैनिक भिड लाग्ने गरेको भए पनि सहज रुपमा हवाई टिकट नपाउँदा नेपालीहरुको थप  विचल्ली भएको छ । 
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रमेश ऐडी

रमेश ऐडी हुम्लाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया