सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
तमिलनाडुकी पूर्व मुख्यमन्त्री तथा अभिनेत्री जयललिताको जीवनमा बनिरहेको फिल्मका लागि सबैभन्दा पहिले अभिनेत्री विद्या बालनको नाम सार्वजनिक भएको थियो । तर पछि विद्या बालनलाई हटाएर यस फिल्मका लागि कंगना रनावतलाई राखिएको खबर सार्वजनिक भयो ।
त्यसबेला विद्यालाई हटाएर किन कंगनालाई किन लिइएको थियो भन्नेबारे धेरैलाई थाहा थिएन । तर अहिले भने अभिनेत्री विद्या बालनलाई सो फिल्मबाट निकालिनुको कारण सार्वजनिक भएको छ ।
खबरहरुका अनुसार फिल्मको चरित्रको विषयमा विद्या बालनले आवश्यकताभन्दा धेरै प्रश्न सोध्ने गर्थिन जसको जवाफ दिँदा फिल्मका लेखक तथा निर्मातहरुसँग निकै नै हैरान भएका थिए ।
विद्या बालन जयललिताको जीवनका बारेमा धेरै भन्दा धेरै जानकारी लिन चाहन्थिन् । तर त्यसबेला लेखक तथा निर्माताहरुसँग विद्याका सबै प्रश्नको जवाफ थिएन । विद्याको यही बानीका कारण हैरान भएका निर्माताले निर्देशक विजयन्द्र प्रसादलाई कंगना रनावतको नाम सिफारिस गरे र अन्त्यमा यस फिल्मका लागि कंगना फाइनल भइन् ।यसपछि विद्या बालनले फिल्मबाट बाहिरिनु पर्यो ।
कंगना र निर्देशक विजयन्द्रले मणिकर्णिकामा एक साथ काम गरिसकेका छन् ।
यस फिल्मका लागि कंगना रनावतलाई २४ करोड पारिश्रमिक दिइनेछ । यो कुनै बलिउड अभिनेत्रीलाई लिड रोलमा कास्ट गरिएकाे फिल्म पहिलो दक्षिण भारतीय फिल्म हो । कंगनाले यस फिल्मका लागि तमिल भाषा सिकिरहेकी छिन् ।