मिटर किनेको तीन महिना भयो प्राधिकरण तार जोड्न मान्दैन

 जेठ ५, २०७५ शनिबार १८:५२:४८ | सुजता सुनुवार
unn.prixa.net

इलाम , जेठ ५ – मिटरबक्स किनेको तीन महिना बित्दा समेत विद्युत प्राधिकरणले बिजुलीको तार नजोडिदिँदा इलामको माई नगरपालिका–१, दानाबारीका स्थानीयबासिन्दालाई समस्या भएको छ ।

७० परिवारले मिटर जडान गरेर बिजुली बाल्न खोज्दा समेत विद्युत प्राधिकरणले नदिएको स्थानीयवासी सुवर्ण राईले गुनासो गर्नुभयो । पटकपटक अनुरोध गर्दा पनि विद्युत प्राधिकरणका कर्मचारीले बिजुली चुवावट हुन्छ भन्दै मिटर जडान गर्न नमानेको उहाँले बताउनुभयो । मिटर जडान नहुदा माईको खमारे, खर्बनी र टिम्बुरे टोलका ७० घरपरिवार उज्यालोबाट बञ्चित भएका हुन् । 

माइनगरपालिका–१, का केही घरमा मिटर नै जडान नगरी बिजुली चोरेर बाल्ने गर्दा पनि प्राधिकरणले केही गरेको छैन । तर मिटरबक्समा जोडेर बिजुली बाल्न खोज्दा अनेकौ वहाना बनाएर मिटर जडानमा ढिलाई गरिएको स्थानीयवासिन्दाहरु बताउँछन् । 

मिटर किनेको तीन महिना बित्यो, नगरपालिकाका प्रमुखलाई पनि गुनासो सुनायौं, राइले भन्नुभयो, विजुली बाल्न घर र जग्गाको धनिपुर्जा राखेर मिटर किने, तर अहिले थन्क्याएर बसेका छौं ।’

नेपाल विद्युत प्राधिकरण प्युज सेवा दानाबारीका इन्चार्ज गणेश विश्वकर्माले भने विजुली चोरी हुने आशंकाले मिटर जडान नगरिएको बताउनुभयो । एक टोलमा ३० घरमात्र रहेको र केही घरमा मात्र मिटर जोड्दा बाँकी घरले विजुली चोरी गर्न सक्ने भएकाले मिटर जडान नगरिएको र अरु मिटर थप गर्ने पहल भईरहेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया