५ जना भारतीय नागरिकले लिएको नेपाली नागरिकता खारेज

 असार १२, २०७६ बिहिबार १७:५७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – झुटो विवरण दिएर नेपाली नागरिकता बनाएका ५ जना भारतीय नागरिकका नाममा जारी भएका नागरिकता सरकारले खारेज गरेको छ ।

असार ५ र ८ गते बसेको मन्त्रिपरिषद् बैठकले झुटो विवरण पेस गरी नेपाली नागरिकता बनाएका भारतीय नागरिकको नागरिकता खारेज गरेको हो । 

सप्तरीबाट नागरिकता लिएका जीवनकुमार सिंह, धनुषाबाट नागरिकता लिएका अजयकुमार ठाकुर, धर्मेन्द्र ठाकुर र रौतहटबाट नागरिकता लिएका यमुना सिंह र कृपालु सिंहको नागरिकता खारेज गरेको सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।  

त्यस्तै मन्त्रिपरिषद् बैठकले चर्चित भारतीय आइफा अवार्ड २०१९ नेपालमा आयोजना गर्न  स्वीकृति दिएको छ । मन्त्रिपरिषद् बैठकले इन्टरनेश्नल इन्डियन फिल्म एकेडेमी अवार्ड आइफा अवार्ड काठमाण्डौमा आयोजना गर्न स्वीकृति प्रदान गरेको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । अवार्डमा ६ सयभन्दा धेरै प्रतिनिधि रहनेछन् भने ६० भन्दा धेरै भारतीय कलाकार तथा चर्चित व्यक्तिको उपस्थित रहनेछ । 

यस्तै सरकारले पाँच जना सेनानीलाई महासेनानीमा बढुवा गरेको छ । 

पाल्पामा बसपार्क बनाउन रमाइलो सामुदायिक वनका रुख काट्ने, प्यूठानको झिमरुक गाउँपालिकाको केन्द्र भ्यागुते र गुल्मीको रुरु गाउँपालिकाको नाम रुरुक्षेत्र गाउँपालिका राख्न पनि मन्त्रिपरिषद्ले स्वीकृत प्रदान गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया