इटलीका पूर्व गोलकिपर बुफन युभेन्टस फर्किए

 असार २०, २०७६ शुक्रबार १७:४३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

इटलीका पूर्व गोलकिपर जियानलुइजी बुफन युभेन्टस फर्किएका छन् । ४१ वर्षीय बुफन केही समय पीएसजीमा अनुबन्धित भएका थिए ।
१७ वर्ष युभेन्टसमा बिताएका उनी गत सिजनमात्र फ्रान्सेली क्लब पीएसजी गएका थिए ।

बुफनले युभेन्टसका लागि मेडिकल टेस्ट गरेका थिए । एक वर्षका लागि युभेन्टससँग सम्झौता गरेका छन् । इटलीका पूर्व गोलकिपर बुफनले १७६ अन्तर्राष्ट्रिय क्याप जितिसकेका छन् ।

सन २००६ कोे विश्वकप जित्दा उत्कृष्ट प्रदर्शन गरेका बुफनले क्लब फुटबलमा ९ सिरि ए उपाधि र ४ इटालियन कप तथा फ्रेन्च लिग पनि जितेका थिए । उनले सिरि ए मा अरु ८ पटक उत्कृष्ट प्रदर्शन गरेमा एसी मिलानका पाउलो माल्दिनीले बनाएका ६४७ को रेकर्ड तोड्न सक्नेछन् ।

बुफन युभेन्टसले अर्को सिजनका लागि भित्र्याएको तेस्रो खेलाडी हुन् । यसअघि युभेन्टसले आर्सनलका आरोन राम्से र पीएसजीकै एड्रियन रबिओट्सलाई भित्र्याइसकेको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया